المدة الزمنية 3:21

मेरो रामायणबाट आजको दुःख भोलिको सौभाग्य | | Motivational Video | | Mennuka Bhattarai | |

بواسطة Menuka Bhattarai
194 مشاهدة
0
10
تم نشره في 2020/10/05

रामायणबाट हामी २ जना पात्रको कुरा गरौं, जसले आफ्नो दुःखलाई नि हौसलाको रूपमा परिणत गरेका थिए। महाराज दशरथ र बाँदरहरूको राजा सुग्रीव। जब महाराजा दशरथ सन्तान नभएकोमा धेरै दुःख मान्दथे, धेरै सन्ताप गर्दथे, तब एक मात्र कुराले उनलाई हौसला दिन्थ्यो र आशाहिन हुन दिँदैनथ्यो, र त्यो कुनै ऋषिमुनि या कुनै देवी-देवताको आशीर्वाद या वरदान थिएन। त्यो श्रवण कुमारको बुवाले दिएको श्राप थियो। जबजब उनी दुःखी हुन्थे,उनी श्रवण कुमारको बुवाले दिएको श्राप सम्झिन्थे र हौसला बनाएर बस्दथे। श्रवण कुमारको बुवाले श्राप दिएका थिए कि "जसरी म पुत्र वियोगमा तड्पी-तड्पी मर्नेछु त्यसरी नै महाराज दशरथ, तिमी पनि म जस्तै पुत्र वियोगमा तड्पी तड्पी मर्नेछौ।" महाराजा दशरथलाई थाह थियो यो श्राप अवश्य लाग्नेछ र यसको मतलब उनलाई अवश्य नि छोरा प्राप्त हुनेछ र आफ्नो मृत्यु हुनेछ। यसको मतलब श्रवणकुमारको बुवाको श्राप उनको लागि सन्तान प्राप्तिको सौभाग्य थियो। यस्तै घटना बाँदरहरूको राजा सुग्रीवसँग पनि भएको थियो। जब सीता माताको खोजीमा पुरै बाँदर सेनालाई सुग्रीवले पृथ्वीको अलग अलग दिशामा पठाइरहेका थिए उनले प्रत्येक दिशामा के के छ र कुन बाटो जाने कुन नजाने भनि रहेका थिए। श्रीराम सुग्रीवको यस्तो राम्रो भौगोलिक ज्ञान देखेर छक्क पर्नुभयो र सोध्नुभयो "सुग्रीव यो सबैको ज्ञान तिमीलाई कसरी थाह भयो?" सुग्रीवले दुई हात जोडेर भने, "प्रभु जब म बालीको डरले यताउती भौतारिएको थिएँ  तब मेरो जाने ठाउँ कतै थिएन। मलाई पूरै पृथ्वीमा कतै पनि शरण मिलेन। त्यही समयमा मैले पूर्ण पृथ्वी घुमे र प्रत्येक चोटी, प्रत्येक ठाउँमा मलाई भूगोलको ज्ञान भयो। सोच्नुस् त यदी सुग्रीवलाई यो संकट नआएको भए न भुगोलको ज्ञान उनलाई हुन्थ्यो न सीता मातालाई खोज्न सहज हुन्थ्यो। त्यसैले त भनिन्छ "अनुकूलता भोजन हो, प्रतिकूल भिटामिन हो, र चुनौती वरदान हो र जसले यही अनुसार व्यवहार गर्छ ऊ नै पुरुषार्थी हो। भगवानको तर्फबाट पाईने हरेक फूल वरदान हो भने त्यो सँग आउने काँडा पनि वरदान नै हो। आज पाएको सुखले खुशी दिन्छ भने दुःखले भोलिको सुखलाई तयार राख्दछ। नआत्तिनुस् र सुखले बस्नुस्। अरू कोही नभए पनि आफूले आफूलाई आफ्नो साथ पाउनु हुनेछ।

الفئة

عرض المزيد

تعليقات - 2